११ गतेदेखि माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप, भलिबलको उपाधिराशी २ लाख
प्रतियोगितामा पुरुषतर्फ विजेता बन्ने टिमले नगद रु २ लाख र उपविजेतलो नगद रु १ लाख र ट्रफि मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
पाेखरा | चैत १०, २०८२
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।
माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा यही चैत ११ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले खेलकुदको विकाससँगै गाउँपालिकाभित्रको पर्यटन प्रवद्र्धनका लागि अध्यक्ष कप आयोजना गरिएको बताए । उनका अनुसार पुरुषतर्फ १६ र महिलातर्फ ८ गरी २४ समूहको टिम दर्ता भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ विजेता बन्ने टिमले नगद रु २ लाख र उपविजेतलो नगद रु १ लाख र ट्रफि मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै सेमिफाइनल प्रवेश गर्ने अन्य दुई टिमलाई नगद रु २५/२५ हजार प्रदान गरिने छ ।
यसैगरी महिलातर्फ विजेताले नगद रु ६० हजार र उपविजेताले नगद रु ३० हजार, ट्रफि र मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।
सेमिफाइनल प्रवेश गर्ने अन्य दुई टिमलाई नगद रु १५/१५ हजार प्रदान गरिने छ ।
यस्तै पुरुष तथा महिला भलिबलमा विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयीमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार स्वरुप प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

